• होमपेज
  • बाजुरा बिशेष
  • राष्ट्रिय फुटबल टिमकी बाजुराकी सरितालाइ रानीवनले गर्यो सम्मान

राष्ट्रिय फुटबल टिमकी बाजुराकी सरितालाइ रानीवनले गर्यो सम्मान

  • आइतवार, माघ २८, २०८०
राष्ट्रिय फुटबल टिमकी बाजुराकी सरितालाइ रानीवनले गर्यो सम्मान

बाजुरा– नेपाली राष्ट्रिय फुटबल खेलाडी बाजुराकी सरिता नाथलाई रानीवन स्पोट्र्स क्लब बाजुराले सम्मान गरेको छ । २०८० माघ १९ देखि २५ गतेसम्म बंगलादेशमा सम्पन्न दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१९ महिला च्याम्पियनसिपको अन्र्तराष्ट्रिय स्तरको खेलमा उच्च खेल प्रदर्शन गरेको भन्दै सम्मान गरेको हो । उनलाइ १२ हजार १ सय ५० रुपिया नगद सहित सम्मान गरिएकाे क्लवले जनाएकाे छ ।

बाजुराबाट पहिलो नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी सदस्य भई अन्र्तराष्ट्रिय स्तरको खेलमा छनौट भएर बाजुराको पहिचान बढाउन सफल भएको भन्दै सम्मान गरिएको रानीवन स्पोट्र्स क्लब बाजुराले जनाएको छ । साफ यु-१९ महिला च्याम्पियनसिप २०२४ खेलको छनोटमा परेको पहिलो चरणमै सेट ११मा परेर खेल्ने अवसर पाउने बाजुराकी सरिता मेहनेती  खेलाडी हुन् ।

चर्चामा

सम्बन्धित समाचार