शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

  • शनिबार, माघ २७, २०८०
रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना, २० जना घाइते

चितवन– चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– २ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस गएराति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको थियो ।

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएकाे  छ ।

चर्चामा

सम्बन्धित समाचार