आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

  • शुक्रबार, माघ २६, २०८०
कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

विराटनगर— कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

सहमति केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ ।

वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने सहमति भएको छ ।

सहमतिका बुँदा यस्ता छन्–

१. पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने
२. आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
३. आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने
४. पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने
५. अर्काे वार्ता १० गते भित्र बस्ने

चर्चामा

सम्बन्धित समाचार