शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • राष्ट्रिय वाणिज्य बैंक कोल्टीमा जोडियो बिजुली, अव बिजुली अभाव नहुने शाखा प्रमुख : शाही

राष्ट्रिय वाणिज्य बैंक कोल्टीमा जोडियो बिजुली, अव बिजुली अभाव नहुने शाखा प्रमुख : शाही

  • बुधबार, माघ २४, २०८०
राष्ट्रिय वाणिज्य बैंक कोल्टीमा जोडियो बिजुली, अव बिजुली अभाव नहुने शाखा प्रमुख : शाही

बाजुरा– राष्ट्रिय वाणिज्य बैंक कोल्टि शाखामा बिधुतु जडान भएको छ । केही दिन पहिला बडिमालिका खवरमा नियमित बत्ती नहुदा सेवाग्राही मर्कामा परेको समाचार प्रकाशित भएपछि तत्काल समस्या समाधान गर्न बुढिनन्दा नगरपालिकाबाट बिधुत लाइन बिस्तार गरिएको छ । पानि परेको दिन र घाम नलागेको दिनमा बत्ति नहुदा बैंकमा हुने कारोवार बन्द हुने गरेकोमा अव देखी सहज हुने शाखा प्रबन्धक सुदामा शाहीले वताईन् ।
राष्ट्रिय वाणिज्य बैंक कोल्टि शाखामा बत्तीको ब्यबस्थापन नहुदा धेरै सेवाग्राही मर्कामा पर्ने गरेका थिए तर अव राहत हुने प्रबन्धक शाहीले बताईन । केही दिनमा बैकंको आफ्नै सोलार ब्याकप समेत आउने भएकोले अव बिजुलीका कारण सेवाग्राही मर्कामा नपर्ने उनले बताइन । बैकमा बादल लागेको दिन सोलारको ब्याट्रि डाउन भएर काम गर्न समस्या हुने गरेको थियो अव त्यस्तो नहुने उनले बताइन । यहाँको स्थानिय बत्तिको कुनै भरोसा हुदैन्, कहिले आउने कहिले नआउने गरेका कारण सेवाग्रही मर्कामा थिए अव बिजुलीको ब्यबस्थापन भईसकेकोले सो समस्या नहुने शाखा प्रमुख शाहीले वताईन् । जेनेटरका लागि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यलयमा पत्रचार गरिसकेकोले चाडै बत्तिको ब्यबस्थापन गर्ने तयारी रहेको उनले वताइन् । सोलारको ब्याट्रिको पनि ब्यबस्थापन भइरहेको शाखाले वताएको छ ।
राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखा बुढिनन्दा नगरपाकिा मात्र नभइ बाजुराको पुर्वोउत्तर क्षेत्रका चार पालिका हुम्ला, मुगु र कालिकोटका बासिन्दालाइ सेवा दिइरहेको छ । अर्को कोल्टि बजार बाजुरा, हुम्ला, मुगु, कालिकोटको मुख्य ब्यापारि केन्द्र सँगै बिमानस्थल समेत रहेको छ । सेवाग्राही सेवा लिन आउने धेरै भएपनि बत्तिका कारणले सेवा दिन निकै समस्या भएको शाखाले जनाएको छ ।
बुढिनन्दा नगरपालिकाको सेवा दिने बैंक यो मात्र रहेको छ । द्धन्द्धकाल पहिला देखी राष्ट्रिय वाणिज्य बैंकको कोल्टीमा शाखा थियो । द्धन्द्धकालमा बिस्थापित भयो, पुन शान्ति पछि यो शाखा स्थापना भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार