शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा चिस्यानगृह अलपत्र, किसान समस्यामा

बाजुरामा चिस्यानगृह अलपत्र, किसान समस्यामा

  • मङ्लबार, माघ २३, २०८०
बाजुरामा चिस्यानगृह अलपत्र, किसान समस्यामा

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा रहेको छ । चिस्यानगृह अलपत्र पछि किसानहरु समस्यामा परेका छन् । चिस्यानगृह निमार्णको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूललगायतका कृषिजन्यबस्तुहरु भण्डारण गर्न नपाउँदा आफूहरुलाई समस्या भएको स्थानीय किसान डबल रोकायाले बताए ।

मौसम अनुसार उत्पादन गरेका कृषिजन्य बस्तुलाई वेमौसमी समयमा विक्रीवितरण गर्न र बजारमा विक्री हुन नसकेका तरकारी तथा फलफूलहरुलाई भण्डारण गर्ने चिस्यानगृहको अभावमा तरकारी तथा फलफूलहरु कुहिएर खेर जाने गरेको रोकायाले बताए । जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले किसानले उत्पादन गरेका कृषिजन्यबस्तुहरुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप सित भण्डार केन्द्र निर्माण कार्य सुरु भए पनि सम्पन्न नभएपछि आफूहरुले उत्पादन गरेको तरकारी तथा फलफूल कुहिँएर जाने गरेको बताए ।

चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताहरुले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मुल्यमा किन्नु पर्ने र किसानहरुले उत्पादन गरेको तरकारी सस्तो मुल्यमा बेच्नु पर्ने बाध्यता रहको स्थानीय किसान बोहराले बताए । प्रमुख जैशीका अनुसार अहिले कृषि ज्ञान केन्द्रले किसानको बारीबाटै सुन्तला ढुवानी अनुदानमा सहयोग गरेको छ चिस्यानगृह संचालन भएको भए तीन महिना पछि किसानले राम्रो मुख्यमा बिक्रि गरेर आम्दानी गर्न सक्थ्ये ।

चिस्यानगृह नहुदा सस्तो मुख्यमा बिक्रि गर्नु परेको बताए । अहिले प्रति किलो १ सय रुपियाँमा विक्री भएको सुन्तला तीन महिना पछि २ सय रुपैया बढीमा बिक्रि हुन्थ्यो ।

कृषि निर्देशनालय दिपायलका कृषि इन्जिनियर कोषराज बडुका अनुसार २०७८ बैशाखमा ठेक्का समझौता भएर सोहि आर्थिक बर्षको असार बसान्तसम्म सक्ने गरी एस एच कन्ट्रक्सनले कामको ठेक्का समझौता भएको थियो । कुल ५६ लाख ४९ हजार ५ सय ८० रुपैयामा ठेक्का आह्वान भएकोमा जिम्मा पाएको कम्पनीले ४१ लाख ९६ हजार ६ सय ४५ रुपैयमा समझौता भएको बताए ।

उक्त कोल्ड च्याम्मर निर्माण कार्य बजेटको अभावका कारण अलपत्र परेपछि सुदूरपश्चिम प्रदेश मन्त्री परिषद् बजेट थप गर्ने निणर्य भएपछि अब लगत्तै काम सुरु हुने कृषि निर्देशनालय डोटीका कृषि इन्जिनियर कोषराज बडुले बताएका छन् । ०८१ को बैसाख महिनासम्म मात्रै उक्त कोल्ड च्याम्मर निर्माणको म्याद रहेकाले तत्काल काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइसकेको कृषि इन्जिनियर बडुले बडिमालिका खबरलाई बताएका छन् । उक्त कोल्ड च्याम्मर निर्माण कार्यको बाँकी सामान दिल्लीबाट कैलाली भन्सारसम्म आइसकेकाले चाडै काम सम्पन्न हुने उनले बताए ।

बाजुरामै २० टन क्षमता भएको कोल्ड च्याम्मर बनेपछि बाजुरामा उत्पादन हुने आलु, बन्दा लगायतका तरकारी तथा स्याउ लगायतका तरकारी भण्डारण गर्न सहयोग पुग्ने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । यो विषयमा निर्माण कम्पनीका ठेकेदारलाई बडिमालिका खबरले सम्पर्क गर्दा फोन रिसिभ भएको छैन ।

चर्चामा

सम्बन्धित समाचार