• होमपेज
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा नियमित बत्ती नहुँदा सेवाग्राही मर्कामा

राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा नियमित बत्ती नहुँदा सेवाग्राही मर्कामा

  • आइतवार, माघ २१, २०८०
राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा नियमित बत्ती नहुँदा सेवाग्राही मर्कामा

बाजुरा —राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा नियमित बत्ती नहुदा सेवाग्राही मर्कामा परेका छन् । पानि परेको दिन र घाम नलागेको दिनमा बत्ति नहुदा बैंकमा हुने कारोवार बन्द हुने गरेको छ । बैंकमा तिन ठाउँबाट बत्ति जोडेपनि कहिले बत्ति नआउने कहिले आएपनि पावर नपुग्ने भएकाले सेवा अबरोध हुने गरेको शाखा प्रबन्धक सुदामा शाहीले बताईन् ।

आइतवार बिहान १० बजे बुढिनन्दा नगरपालिकाकी सौतेनी सार्की बृद्धभत्ता बुझ्ने बैंक पुगिन । १२ बजे सम्म बत्ती आउने आशमाम लाइनमा बसेकी थिइन् । ६८ बर्षिय सौतेनी बिहान चिसो मौसममा पैसा झिकेर घरका लागि चामल किन्ने योजना कोल्टि पुगिन् । गाउँमा हिउँ परिरहेको छ, यता पानि परेको छ, चार घण्टा लगाएर चिसोमा बैंकमा पैसा निकाल्न पुगेको सौतेनीले बताईन् । यहाँ बत्ति नहुदा पैसा झिक्ने नपाएको उनले भनिन् ।

राष्ट्रिय वाणिज्य बैंक कोल्टि शाखामा बत्तीको ब्यबस्थापन नहुदा सौतेनी जस्तै धेरै सेवाग्राही मर्कामा परेका छन् । सोलारको ब्याट्रि डाउन भएका छन्, यहाँको स्थानिय बत्तिको कुनै भरोसा हुदैन्, शाखा प्रमुख शाहीले बताईन् । जेनेटरका लागि राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यलयमा पत्रचार गरिसकेको चाडै बत्तिको ब्यबस्थापनको गर्ने तयारी रहेको उनले बताइन् । सोलारको ब्याट्रिको पनि ब्यबस्थापन भइरहेको शाखाले बताएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कोल्टि शाखा बुढिनन्दा नगरपाकिा मात्र नभइ बाजुराको पुर्वोउत्तर क्षेत्रका चार पालिका हुम्ला, मुगु र कालिकोटका बासिन्दालाइ सेवा दिइरहेको छ । अर्को कोल्टि बजार बाजुरा, हुम्ला, मुगु, कालिकोटको मुख्य ब्यापारि केन्द्र सँगै बिमानस्थल समेत रहेको छ । सेवाग्राही सेवा लिन आउने धेरै भएपनि बत्तिका कारणले सेवा दिन निकै समस्या भएको शाखाले जनाएको छ ।
बुढिनन्दा नगरपालिकाको सेवा दिने बैंक यो मात्र रहेको छ ।

द्धन्द्धकाल पहिला देखी राष्ट्रिय वाणिज्य बैंकको कोल्टीमा शाखा थियो । द्धन्द्धकाल बिस्थापित भयो, पुन शान्ति पछि यो शाखा स्थापना भएको थियो । बुढिनन्दा नगरपालिकालाइ जेनेटरका लागि कुरा गरेका थियौ, उहाँहरुले आश्वासन दिनुभयो तर ब्यबस्थापन गर्न नसकेको शाखा प्रमुख शाहीले बताईन् ।

बैंकमा बत्तिका कारणले यहाँका सेवाग्राही निकै मर्कामा परेको ब्यापारि जनम धामिले वताएका छन् । पटक पटक बत्ति नहुने समस्याले बैंङकिङ कारोवारमा समस्या हुदै आएको छ, तर जेनेटर समेत ब्यबस्थापन गर्न नसकेको उनले वताएका छन् । बत्ति नभएको बेला जेनेटर ब्यबस्थापन गरेर सेवा दिन सक्ने अबस्था भएपनि जेनेटर ब्यबस्थापनाका लागि कसैले चासो नदिएको स्थानियको गुनासो रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक शुदुरपश्चिम प्रदेश प्रमुख राजेन्द्र आचार्यले भने कोल्टि शाखामा बिधुक्त नियमित नहुदा समस्या भएको स्वीकार गरेका छन् । तत्काल सोलारको ब्याट्रि खरिद गर्न शाखालाइ भनिसकेको र जेनेटरका लागि केन्द्र सँग पहल भइरहेको आचार्यले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार