न धन् रहिरहन्छ न जवानी रहन्छ,
तिम्रो मेरो शेष मात्र कहानि रहन्छ।
जीवन छ योजना छ स्वार्थी मनमा,
जल्छन् चितामै न त खरानी रहन्छ।
स्वार्थको कुम्लो बोकेर नजानु तिमी,
समाजमा राम्रै गरेको लगानी रहन्छ।
सबैको अन्तिम गन्तव्य त्यो बगर हो,
त्यसैमा हियाको यो राजधानी रहन्छ।
प्रकृतीले सिकाएको छ रित्तै जानेहो
राक्षस भएपनि न त्यो सैतानी रहन्छ।
बुझाइदिन्छ जती दन्किएपनि आगो,
सबै पखाल्छ यहाँ शेष पानी रहन्छ।