सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

  • शनिबार, माघ २०, २०८०
चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

अहिले माघको मध्य चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ ।

कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार आगो वा हिटर बालेको बन्द कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन । कोठाभित्र अक्सिजन कम हुँदै जान्छ। अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ।

यसले हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम गर्दै लैजान्छ। यो क्रम बढ्दै जाँदा अर्थात् लामो समय कोठाभित्र आगो र हिटरमा बस्दा शरीरका कोषहरू मर्दै जान्छ । जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ ।

हिटर बाल्दा यी कुरामा ध्यान दिनु होस्

– कहिले पनि बन्द कोठामा हिटर नबाल्ने ।

– हिटरलाई बेलाबेलामा बन्द गर्ने ।

– राति सुत्ने बेला पूर्ण रूपमा हिटर बन्द गरेर मात्र सुत्ने ।

– बालबालिकाको पहुँच पुग्ने ठाउँमा हिटर नराख्ने ।

– हिटर बाल्दा छाला सुख्खा हुने, आँखामा समस्या आउने रातो दाग बस्ने, चिलाउने र नाकको रक्त नली फुट्नेजस्ता समस्या देखा पर्न सक्छ, त्यसैले पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्न सकिन्छ ।

– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन ।

– दीर्घ रोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, श्वास फुल्ने अर्थात् स्वाँस्वाँ हुने समस्या बढ्न सक्छ ।

– बन्द कोठामा हिटर अन गरेर हिँड्नु हुँदैन । यसबाट बाहिरिने कार्वनमाेनोक्साइड ग्यास हाम्रो लागि लागि निकै हानिकारक हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार