आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुरा जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धाटन

बाजुरा जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धाटन

  • सोमवार, माघ १५, २०८०
बाजुरा जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धाटन

बाजुरा- बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराकासाथ १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजना र बुढिनन्दा नगरपालिकाको सह-आयोजनामा १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको जिल्ला खेलकुद विकास समिति बाजुराले जनाएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमकाबिच नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डेले १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धाटन गरेका छन् । उक्त १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड बुढिनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा सुरु भएको जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् ।

उक्त जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाका बिद्यालयहरु सहभागि भएको र सो प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रमुख अथिति नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बद्रीप्रसाद पाण्डे रहेका थिए । विशिष्ट अथितिमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र उपप्रमुख लाछु सार्की रहेका थिए ।

अथितिमा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, ९ वटै पालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, कर्मचारी, विभिन्न विद्यालयका शिक्षक, सुरक्षाकर्मी सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । बुढिनन्दा नगरपालिकाका उपप्रमुख राम बहादुर बोहराले स्वागत मन्तव्य राखेको उद्धाटन कार्यक्रमको सञ्चालन महेश कार्कीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार