बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायली आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

  • आइतवार, माघ १४, २०८०
इजरायली आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु
फाइल तस्बिर- एपी

गाजा– इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ हजार ५०० महिला रहेका छन् । विगत २४ घण्टामा १६५ प्यालेस्टाइनी मारिएका र २९० जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

गाजामा इजरायलको आक्रमणले घेराबन्दी गरिएको क्षेत्रको ठूलो भाग ध्वस्त पारेको छ र त्यहाँका करिब ८५ प्रतिशत मानिस विस्थापित गरेको मन्त्रालयको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार