• होमपेज
  • कला /साहित्य
  • कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले

कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले

  • बिहिबार, माघ ११, २०८०
कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले

एकता हुन्छ भने ओडार पनि घर हुनसक्छ,
परिवार भित्र बाचुञ्जेल राम्रो भर हुनसक्छ।

हामी प्रवाशी जीवनमा भाडामा बसेका थ्यौँ,
त्यो अनुभवपनि सङ्घर्षकै सफर हुनसक्छ।

तन् खियाएर पसिना बगाई आसियाना बन्यो,
एसैलाई संभारने यो मन भित्र रहर हुनसक्छ।

म जन्मिंदा ढुङ्गा माटोको चारपाखे घर थियो,
खरको छानो समेत मायाँको डगर हुनसक्छ।

कहाँ बाट कहाँ पुराउँछ थाहा छैन जिन्दगिले,
आफ्नै काल आफै भिरेको मफलर हुनसक्छ।

हिंड्दा हिंड्दै पराण कता अल्झिन्छ केथाहा,
सुख्ख हुँन्छ कसैलाई मनमा परपर हुनसक्छ।

हरेश नखानु मित्र जीवन सङ्घर्षकै सफर हो,
कहिले राम्रै कामको समेत वे-कदर हुनसक्छ।

चर्चामा

सम्बन्धित समाचार