शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • समाचार
  • प्रेस काउन्सिल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

प्रेस काउन्सिल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

  • बिहिबार, माघ ११, २०८०
प्रेस काउन्सिल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

अनलाइन पत्रकार संघले प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यु मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको ठहर गरेको हो ।
संघका सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
संघले सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन र प्रवर्धनमा गम्भीर बन्न र सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न माग गरेको छ ।

online journalist association press release 2080-10-10 (Govinda Marasini)

चर्चामा

सम्बन्धित समाचार