आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराकाे स्वामिकार्तिकका भूमिहीनलाई निस्सा वितरण

बाजुराकाे स्वामिकार्तिकका भूमिहीनलाई निस्सा वितरण

  • आइतवार, माघ ७, २०८०
बाजुराकाे स्वामिकार्तिकका भूमिहीनलाई निस्सा वितरण

बाजुरा —राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बासोबासीलाई निस्सा वितरण गरेको छ । आइतबार आयोगले जिल्लामा दोस्रो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा नं २ का ४१ परिवारलाई निस्सा वितरण गरेको हाे ।

स्वामिकार्तिक खापर गाउँपालिका–२ का वडा अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा निस्सा वितरण गरिएको बताईएको छ ।

यस अघि आयाेगले पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका ३  का ३८ जनालाई निस्सा वितरण गरिसकेकाे राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जनाएकाे छ ।

निस्सा भनेको लालपुर्जा हैन,यो लालपुर्जा बनाउँनका लागि पहिलो आधार हो। यसपछि स्थानिय तहले सहयोग गर्‍यो भने जनताले चाँडै लालपुर्जा पाउँने छन्। तर स्थानिय तहले काम तिब्ररुपमा गरीरहेका छैनन्।

चर्चामा

सम्बन्धित समाचार