काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रिय हितलाई कमजोर बनाउँदै गएको आरोप लगाएका छन् ।
प्रेस चौतारी चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
ज्ञवालीले भने, ‘अहिलेको सरकारलाई जनताप्रतिको जबाफदेहिता र विश्वास छैन, त्यसैले सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको छ, कुनै पनि देशले दूतावासमार्फत सिधै आयोजना छानेर रकम दिने काम गलत छ, यसले राष्ट्रिय हितलाई कमजोर मात्रै गर्दैन, अनावश्यक चलखेललाई समेत बढाउँछ ।’