• होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदहको काँडामा पशु स्वास्थ्य शिविर सञ्चालन

खप्तड छेडेदहको काँडामा पशु स्वास्थ्य शिविर सञ्चालन

  • आइतवार, माघ ७, २०८०
खप्तड छेडेदहको काँडामा पशु स्वास्थ्य शिविर सञ्चालन

बाजुरा– खप्तड छेडेदह गाउँपालिका १ को काँडामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । एक दिने शिविरमा २ हजार ८ सय बढी पशु चौपायाको उपचार गरिएको छ । शिविर जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा र खप्तड छेडेदह गाउँपालिका पुश विकास शाखाको सयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।

पशुपालक किसानको व्यवसाय प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उदेश्य सहीत निशुल्क पशु सेवा स्वास्थ्य उपचार शिविर सञ्चालन गरिएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुरा कार्यालय प्रमुख सिद्धराज जैशीले बताएका छन् ।

शिविरमा कार्यालय प्रमुख जैशी नेतृत्वकै टिम खटिएको थियो । शिविरमा १ हजार ६ सय ८६ बाख्रा, ४ सय ८३ वटा गाई, २९ वटा कुखुरा, ३ सय ६४ गोरु, २ सय ३६ भैंसी, २ वटा कुकुर, ५ वटा घोडा सहीतको उपचार गरिएको कार्यालय कर्मचारी सुमन शाही ठकुरीले जानकारी दिएका छन् ।

खप्तड छेडेदह गाउँपालिका १ का कार्यबहाक वडा अध्यक्ष बहादुर रावलको अध्यक्षतामा सञ्चालन भएको शिविरमा कार्यालय प्रमुख सिद्धराज जैशी पालिका पशु सेवा शाखा प्रमुख चक्र बहादुर थापा, प्राविधिक किशन कुमार खाती, सुमन कुमार शाही भिम बहादुर दानी सहीत सहभागि थिए । गाउँमै पुगेर शिविर सञ्चाल गरिएपछि पशुपालक किसान खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार