बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढीगंगा
  • काम सम्पन्न नहुदै मुख्यमन्त्री शाहले उद्घाटन गरेको भवन अलपत्र

काम सम्पन्न नहुदै मुख्यमन्त्री शाहले उद्घाटन गरेको भवन अलपत्र

  • शनिबार, माघ ६, २०८०
काम सम्पन्न नहुदै मुख्यमन्त्री शाहले उद्घाटन गरेको भवन अलपत्र

बाजुरा– बुढिगंगा नगरपालिका ७ बड्लेलीचौरमा निर्माणधिन अवस्थामा रहेको आधारभुत स्वास्थ्य भवन अलपत्र अवस्थामा रहेको छ । गएको बैशाख १९ गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आभारभुत स्वास्थ्य भवनको निर्माण कार्य पुरा नहुदै उद्घाटन गरेका थिए । मुख्यमन्त्री शाहले बाजुरा आएको अनुकुल मिलाएर निर्माण पुरा नभएको स्वास्थ्य भवनको एक भब्य कार्यक्रमका विच उद्घाटन गरेका थिए ।
आधारभुत्त स्वास्थ्य भवन संचालनमा नआएपछि साविकको झाली ब्रथिङ सेन्टरबाट सेवा प्रवाहमा समस्य भएको झाली ब्रथिङ सेन्टरमा कार्यरत अहेव मीन कटुवालले बताए । सानो भवनको एकै कोठाबाट ओपीडी सेवा, गर्भवती सेवा, नवजात शिशु स्याहार सहितका सवै सेवा एकै कोठाबाट दिनु परेको कटुवालले बताए ।
सुत्केरी भई सकेपछि २४ घण्टासम्म आरामका लागि प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राख्नु पर्ने हुन्छ ठाउ अभावका कारण कहिले काही एक घण्टा पनि नराखेर घर पठाउनु पर्ने दुख रहेका उनले बताए । सुत्केरीलाई र अन्य सेवा एकै ठाउँबाट दिदा संक्रमण फैलने त्यतिकै डर रहेको उनले बताए ।
उपभोक्त समिति मार्फत २०७६ सालमा ३८ लाख बरावरमा सम्झौता गरेर कामको थालनी भएको थियो । आधारभुक्त स्वास्थ्य भवनको उपभोक्ता समितिले सम्झौता अनुसार काम नगरेपछि भवन अलपत्र अवस्थामा रहेको नगरपालिकाले जानकारी दिएको छ । उपभोक्ता समितिले १५ लाख बराबरको काम गरेको प्राबिधिक स्टेटमेटमा विल उठेको भएपनि नगरपालिकाले ११ लाख मात्र भुक्तानी गरेको बुढिगंगा नगरपालिका ७ का वडा अध्यक्ष भुवनसिंह केशीको दाबि छ ।
निर्माण कार्य पुरा नभएर दुई बर्षसम्म अलपत्र अवस्थामा रहेको भवनमा ०७७ सालमा मर्मतका लागि ११ लाखमा जगत समारीका जेवी निर्माण कम्पनीले ठेक्का मार्फत काम सुरु गरेको भएपनि ठेक्का कम्पनीले पनि काम पुरा नहुदा हालसम्म अलपत्र अवस्थामा रहेको छ ।
मर्मत ठेक्का पाएको कम्पनीका संचालन सुरत शाहका अनुसार आफुले अधिकाश काम सक्काएको र विल उठाउन नगरपालिकाबाट प्राबिधिक नपठाईदिएका कारण आफ्नो कामको भुक्तानी रोकीएको बताए । ११ लाखको कामको जिम्मा लिएकोमा ५ लाख भुक्तानी लिईसकेको र बाकी काम प्राविधिक नै नआएर विल नउठाई दिएको बताएका छन् । नगरपालिका र निर्माण कम्पनीको ठेक्का सम्झौता गएको असारमा सकिएको छ ।
बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथका अनुसार त्यो कामको जिम्मा आफुले जिम्मेवारी पाउनु भन्दा पहिलेको भएकोले आफुलाई त्यो बारे जानकारी नभएको बताएका छन् । के कति कारणले अलपत्र अवस्थामा रहिछ बुझेर जानकारी दिने नाथले बताए । नगरपालिकालका प्राबिधिक उपेन्द्र साउदका अनुसार ०८९ दसैमा काम सम्मपन्न गर्ने गरी अन्तिम म्याद थप भएको भएपनि काम पुरा नगरी नगरपालिकालाई कुनै जानकारी बिनै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गरेको कुरा थापा पाईयो । प्राबिधिक निर्माण कम्पनीले काम पुरा गरेको भन्छन तर काम पुरा नभएर अधुरो रहेकोले अपपत्र अवस्थामा रहेको साउँदले बताए ।

चर्चामा

सम्बन्धित समाचार