शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कला /साहित्य
  • के फरक प्रतिकृयाबादीमा

के फरक प्रतिकृयाबादीमा

  • बिहिबार, माघ ४, २०८०
के फरक प्रतिकृयाबादीमा

हामिले आफैलाई भ्रष्टाचारी किन नभन्ने,
आफै धन् सम्पत्तिको पुजारी किन नभन्ने।

के फरक प्रतिकृयाबादीमा बिचार बाहेक,
लोभ लालचको महा बिमारी किन नभन्ने।

पद प्रतिष्ठापनि नभई हुदैन पैसा चाहिन्छ,
व्यबहारमा उनैको हाराहारी किन नभन्ने।

दुश्मनलाई चिन्न सजिलै छ छदम् गारो छ,
भित्रे अवसरबादलाई दो धारी किन नभन्ने।

पसिना मात्रै कहां बेच्छौं र हामी नैतिकता,
बेच्नेहरू झन इमानकै व्यपारी किन नभन्ने।

छैन खै जनताबाट लिएको धनको हिसाब,
आफैलाई शोशक अहङ्कारी किन नभन्ने।

चर्चामा

सम्बन्धित समाचार