आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको हिउँदे नगरसभाबाट ६ वटा कार्यविधि पारित

त्रिवेणी नगरपालिकाको हिउँदे नगरसभाबाट ६ वटा कार्यविधि पारित

  • बुधबार, माघ ३, २०८०
त्रिवेणी नगरपालिकाको हिउँदे नगरसभाबाट ६ वटा कार्यविधि पारित

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट ६ वटा कार्यविधि पारित भएका छन् । शिक्षा ,स्वास्थ्य ,सडक र पर्यटन त्रिवेणीको पुर्वाधार , सामुहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार भन्ने मुल नाराका साथ आइतबारबाट सुरु भएर मंगलबार सम्पन्न भएकाे हाे ।

१४औँ नगरसभा तथा हिउँदे अधिवेशनमा पेस भएका ६ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएका हुन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि नगर सभाले पारित गरेकाे नगरपालिकाले जनाएकाे छ ।

नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०, रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएकाे नगरप्रमुख कर्ण बहादुर थापाले बताएका छन ।

नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेको आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार