सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

  • आइतवार, पुस २९, २०८०
‘१२ गाउँ’बाट फिल्ममा डेब्यु गर्दै विराज भट्टका छोरा समीर

 बाबुको विरासत पछ्याउँदै अभिनेता विराज भट्टका छोरा समीरले फिल्ममा डेब्यु गर्ने भएका छन् । भट्टले निर्देशन तथा निर्माण गर्न लागेको फिल्म ‘१२ गाउँ’बाट छोरा समीरले डेब्यु गर्न लागेको जानकारी निकट स्रोतले दिएको छ ।

फिल्म डेब्युका लागि समीरले भारतको मुम्बईमा दशकदेखि अभिनय, मार्सल आर्ट्, जिम र जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् ।

व्यवस्थापन विषयमा स्नातक गरेका समीरको तस्वीरमा उनको एब्स देख्न सकिन्छ । उनले अभिनयकै लागि यो ज्यान बनाएको जनाइएको छ । मुम्बईको अँधेरीमा बस्दै आएका समीरले किशोर नमितबाट अभिनय कला सिकिरहेको जनाइएको छ ।

भारतीय फिल्मबाट अफर आएपनि विराजले छोरालाई नेपाली फिल्मबाटै डेब्यु गराउने चाहना राखेपछि ‘१२ गाउँ’ तय भएको जनाइएको छ । यतिबेला यो फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ ।

नेपाली फिल्ममा चलेका कलाकारका सन्तानले पनि विरासतलाई निरन्तरता दिएका छन् । जसमा भुवन केसीका छोरा अनमोल, झरना थापाकी छोरी सुहाना, शिव श्रेष्ठका छोरा शक्ति लगायत छन् । अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार