सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • दाङ बस दुर्घटना : चालक भन्छन्- चक्का नघुमेपछि बस नदीमा खस्यो

दाङ बस दुर्घटना : चालक भन्छन्- चक्का नघुमेपछि बस नदीमा खस्यो

  • शनिबार, पुस २८, २०८०
दाङ बस दुर्घटना : चालक भन्छन्- चक्का नघुमेपछि बस नदीमा खस्यो

काठमाडौं — दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् ।

सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए ।

दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार