शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भुवापर्वकाे राैनक

बाजुरामा भुवापर्वकाे राैनक

  • बिहिबार, पुस २६, २०८०
बाजुरामा भुवापर्वकाे राैनक

बाजुरा —बाजुरामा आजदेखि भुवापर्वकाे राैनक सुरु भएकाे छ । बाजुराका केहि ठाउँमा बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् ।

सदरमुकाम मार्तडी लगायतका ठाउँहरुमा हिजाे राति मुढा बालेर सुरु गर्ने प्रचलन रहेकाे छ भने तल्लाे भेग खप्तड छेडेदह गाउँपालिका लगायतका केहि ठाउँमा आज बिहान देखि मुढा बालेर भुवापर्व सुरु गर्ने प्रचलन रहेकाे छ । भुवा अवधिभर कुनै ठाउँमा दिनमा घम्साघम्सी देउडा खेलेर बेलुकीबाट भुवा खेल्ने गरिन्छ ।

बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै राैनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरबार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको स्थानियहरु बताउँछन ।

यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बुढीगंगा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ ।

पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्ने गरेको स्थानियबासीहरु बताउँछन ।

त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् ।

भुवापर्वलाई सुदूरपश्चिममा एक विशेष पर्वका रुपमा मनाइने प्रचलन रहेकाे छ। बाजुरामा विगतका बर्षहरुमा विशेष महत्वका साथ मनाइने भुवापर्व दिनप्रतिदिन कम हुदै गइरहेकाेप्रति बुढापाकाहरु चिन्तित छन ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार