सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु

  • बुधबार, पुस २५, २०८०
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु
तस्बिर महेश कार्की काेल्टी

बाजुरा —कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ । बुधवार एक औपचारिक कार्यक्रमकाविच स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्रको उद्धाटन गरिएको हो ।
गेटा आँखा अस्पताल धनगढी र बुढिनन्दा नगरपालिकाको सहकार्यमा स्वास्थ्य केन्द्रमा बुधवारमा आँखा उपचार केन्द्र सञ्चालन भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्दले जनाएको छ ।

लामो समयको प्रयास पछि कोल्टी प्राथमकि स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु गर्न सफल भइएको बुढिनन्दा नगरपालिकाले बताएको छ । स्वास्थ्य केन्द्रमा आँखाको उपचार हुने भएपछि बुढिनन्दा नगरपालिकाका साथै हिमाली, जगन्नाथ, स्वामिकार्तिक गाउँपालिका र छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटका नागरिकले सेवा पाउने भएका छन ।

स्वास्थ्य केन्द्रमा आजैबाट नियमित आँखा परिक्षण, औषधी वितरण र चस्माको आवश्यक बिरामीहरुलाई चेकजाँच गरेर चस्मा उपलब्ध गराइने लगायतका बिशेषज्ञ सेवा दिइने कोल्टी प्राथमिक स्वास्थ्य केन्दले जनाएको छ । कोल्टीमै आँखा सम्बन्धी समस्या भएका नागरिकहरुको चेकजाँच तथा उपचार हुने भएपछि त्याँहाका नागरिकलाई बाहिर गएर उपचार गर्नुपर्ने बाध्यता हटेको छ ।

दुर्गम त्यसैमा पनि आर्थिक अवस्था कमजोर भएर घरमा आँखा सम्बन्धी समस्या खेपिरहेका नागरिकहरुलाई सहजता हुने भएपछि त्याँहाका नागरिकहरु समेत खुसी भएका छन ।

नगरपालिका नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सन्चालान भएको उद्धाटन कार्यक्रममा नेपाल नेत्र जोती संघ सुदुरपश्चिम कमिटि सचबि भुपेन्द्र थापा, वडा नम्बर ३ का अध्यक्ष जङवरि रोकाया, १० का वडा अध्यक्ष नन्द बहादुर रोकाया, गेटा आँखा अस्पतालका ब्यबस्थापक दिर्घ बहादुर चन्द्र, अस्पताल कार्यक्रम ब्यवस्थापक रमेश चन्द्र भट्ट पत्रकार लगायत उपस्थिति रहेको रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार