काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।
विधान मस्यौदामाथि छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका महासचिव देव गरुङले जानकारी दिएका छन । महासचिव गरुङका अनुसार बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ ।
त्यस्तै चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुने माओवादी केन्द्रले जनाएकाे छ । यसअघि माओवादी केन्द्रले भदौं १६ देखि पुस १६ सम्म चार महिने अभियान चलाएको थियो।