आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • शिक्षा
  • महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

  • बुधबार, पुस २५, २०८०
महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी– महोत्तरीमा चिसो बढेपछि सामुदायिक विद्यालय बन्द भएका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् ।

जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा, भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुने गरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार