• होमपेज
  • बाजुरा बिशेष
  • दुर्गाभन्जन गुल्म बाजुराद्धारा विपद पुर्व तयारी कृतिम अभ्यास

दुर्गाभन्जन गुल्म बाजुराद्धारा विपद पुर्व तयारी कृतिम अभ्यास

  • सोमवार, पुस २३, २०८०
दुर्गाभन्जन गुल्म बाजुराद्धारा विपद पुर्व तयारी कृतिम अभ्यास

टेकबहादुर बुढा– सदरमुकाम मार्तडीमा रहेको दुर्गाभन्जन गुल्म बाजुराद्धारा विपद ब्यवस्थापन सम्बन्धि कृतिम अभ्यास संचालन गरेको छ । सुख्खा मौसममा आगलागी जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धि सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको दुर्गाभन्जन गुल्मका गुल्मति धमेन्द्र बहादुर सिंहले जानकारी दिए ।
आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो । फायर फाइटिङ, माइन जोखिम सचेतना, ग्यास सिलिण्डर फायर सेफ्टी, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो ।

No description available.
दुर्गाभन्जन गुल्मले आयोजना गरेको कार्यक्रमममा बडिमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापा, जिल्ला अदालत बाजुराका न्यायधिस लालकाजी श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगाएत जिल्लाका सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख प्रतिनिधिले विपद् व्यवस्थापन अभ्यास प्रदर्शनी बारे अवलोकन गरेका थिए । अहिले सुख्खा मौसममा बढी आगलागीका घटना हुने गर्दछन्। यस्ता विपद्बाट कसरी बच्ने र राहत उद्धारका विषयमा सचेतीकरण गरिएकोमा स्थानिय सरकारलाई प्रत्यक्ष सहयोगीको भुमीका प्रति बडिमालिका नगरपालिकाकी उपप्रमुखले धन्यबाद दिएकी छन् । यस्तै विपदमा नेपाली सेनाको स्थानिय सरकारसंग समन्वय अझै गाढा बनाउनु पर्ने उपप्रमुख थापाले बताईन

No description available.
विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषय अभ्यास प्रदर्शनीबाट प्रर्दशनी गराएको थिए । त्यस्तै आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासले ठुलो सहयोग पुग्ने जिल्ला अदालत बाजुराका न्यायधिस लालकाजी श्रेष्ठले बताए । बाजुरामा नेपाली सेनाले समय समयमा विपद्सँग सम्बन्धीत विभिन्न (आगलागी, बाढी, पहिरो, भूकम्प) घटनाहरूको समय समयमा विपद पूर्व तयारी अभ्यास गर्दै आइरहेको छ।

No description available.
भनिन्छ विपद् बाजा बजाएर आउँदैन । मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ ।
प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ ।

No description available.
मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेको छ ।
बाढी, पहिरो, डुबान र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने, अशक्त भएकालाई प्राथमिक उपचार सँगै चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने लगायतका डेमो प्रदर्शन गरिएको थियो ।

No description available.

चर्चामा

सम्बन्धित समाचार