शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

  • सोमवार, पुस २३, २०८०
एकीकृत समाजवादीबाट विश्वकर्मा र मल्ल उम्मेदवार बन्ने

काठमाडौँ — सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका पुस २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ ।

एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए । पार्टीले दुई जना उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधव नेपालसहित उपाध्यक्ष पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार