मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु

इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु

  • आइतवार, पुस २२, २०८०
इजरायली आक्रमणमा दुई पत्रकारको मृत्यु
फाइल तस्बिर- एपी

गाजा- इजरायली आक्रमणमा प्यालेस्टाइनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुन् र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका थिए । युद्धको सुरुआती साताहरूमा छुट्टै इजरायली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए ।

थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेका थिए । न्यूयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन् । तीमध्ये ७० प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार