• होमपेज
  • राजनीति
  • एमालेले राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने

एमालेले राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने

  • शनिबार, पुस २१, २०८०
एमालेले राष्ट्रियसभाका १९ पदमै उम्मेदवारी दिने

काठमाडौँ— नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ वटै पदमा उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनकाअनुसार सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे प्रारम्भिक छलफल भएको र थप छलफल गरेर पार्टीले निर्णय लिनेछ ।

‘प्रदेश कमिटीले प्रत्येक क्लस्टरमा ३ जनाको नाम सिफारिस गर्नुभएको छ । ती नामका बारेमा छलफल गरेका छौ । कतिपय क्लस्टरमा थप छलफल गर्नुपर्ने भएको छ’, पोखरेलले भने, ‘थप छलफल र प्रस्ट भएपछि पुस २३ गते १९ वटै पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौ’, पोखरेलले बैठकपछि जानकारी दिए ।

यस्तै एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार