आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

  • शुक्रबार, पुस २०, २०८०
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं— त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त मागेको छ ।

आज एक सूचना जारी गर्दै समितिले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा दरखास्त दिन सकिने छ ।

त्रिविको उपकुलपतिमा दरखास्त दिनका लागि उम्मेदवारले स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि पेस गर्नु पर्ने सूचनामा उल्लेख छ । यस्तै विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण तथा प्रमाणित प्रतिलिपिसमेत दरखास्तका साथ बुझाउनु पर्ने छ ।

राजनीतिक भागबन्डा नमिलेकै कारण त्रिभुवन विश्वविद्यालय दुई महिनादेखि उपकुलपतिविहीन छ । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब योग्यताको आधारमा उपकुलपतिको नियुक्ति गर्ने प्रतिबद्धता जनाएका थिए ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले उपकुलपति पदका लागि दरखास्त दिन विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको अनुभव मागेकाले फेरी पनि राजनीतिक भागबन्डाकै चपेटमा त्रिविको उपकुलपति पर्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार