शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका डिएसपी बोहरालाई गलत प्रचार गर्नेलाई कानुनी बाटोमा ल्याउने

बाजुराका डिएसपी बोहरालाई गलत प्रचार गर्नेलाई कानुनी बाटोमा ल्याउने

  • बिहिबार, पुस १९, २०८०
बाजुराका डिएसपी बोहरालाई गलत प्रचार गर्नेलाई कानुनी बाटोमा ल्याउने

बाजुरा– प्रहरीले डिएस्पी कविन्द्रसिह बोहरा विरुद्ध सामाजिक सञ्जालमा गलत प्रचार गर्ने र भ्रम फैलाएकाे भन्दै उनिहरुलाइ कानुनी बाटोमा लिने  भएको छ । प्रहरी प्रमुख बाेहरा कार्यालय बाहिर रहेको समयमा र संलग्न नभएको घटनामा नाम जोडेर सामाजिक सञ्जालमा सार्वजनिक बद्नाम गरेको प्रति जिल्ला प्रहरी कार्यालय बाजुराले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ ।

कार्यालयका तर्फबाट जारी ध्यानाकर्षण पत्रमा कार्यालय प्रमुख समेत रहेका प्रहरी नायव उपरिक्षक कविन्द्र बोहरालाई विदाको समयमा संलग्न नभएको घटनासँग जोडेर बदनाम गरेको र चरित्र हत्या गर्न खोजिएकोले घटनामा संलग्न र भ्रम सिर्जना गर्ने जो कोहीका विरुद्धमा आवश्यक अनुसन्धान सहीत कानुनी उपचार गरिने उल्लेख गरिएको छ ।

महिला माथि बलात्कार सम्बन्धी मुद्दा पुस १३ गते दर्ता भइ आरोपित जंगसिंह बुढालाई थप ७ दिनका लागि म्याद थप सहीत अनुसन्धानका लागि हिरासतमा राखिएको र निज जंगसिंह बुढा सिंह २ जना माथि ज्यान मार्ने उद्योगमा निजका बुबा परेलाल बुढाले पुस १५ गते दर्ता गरेको मुद्दामा अनुसन्धान भइसकेको विषयलाई लिएर व्यक्तिको बद्नाम गराउन फोटो, भिडियो पोष्ट गर्ने, गाली बेइज्जती र अनावश्यक टिकाटिप्पोणी गर्ने कार्य प्रति जिल्ला प्रहरी कार्यालय सूचना अधिकारीका तर्फबाट जारी विज्ञप्ती मार्फत ध्यानाकर्षण गरिएको छ ।

डिएस्पी बोहरा पुस १० देखि १७ गतेसम्म बाजुरा जिल्ला बाहिर थिए । सोही बेला पीडित महिलालाई जातीय विभेद गरिएको, मुद्दा दर्ता गर्न नखोजिएको र महिला माथि विभेदपूर्ण भाषा प्रयोग गरिएको आरोप सहीत सामाजिक सद्भाव विगार्ने, जबरजस्त मावल बिथोल्ने र भ्रम फैलाउने काम गरेको प्रहरीले बताएको छ ।

एक इमान्दार र कर्तव्य निष्टप्रहरी अधिकृत माथिको प्रहार र बद्नामले सिंगो संगठन माथि नै आरोप र आक्षेप लाग्ने र लगाउने कार्य गरिएको प्रति आपत्ती जनाउँदै प्रहरीले गलत कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने बताएको छ ।

दलित अधिकार कर्मी भनिएका खगेन्द्र सुनार सहीतका दर्जनौ व्यक्तिहरुले सामाजिक सञ्जालमा अनावश्यक गाली बेइज्जती र बद्नाम गराएको अवस्था छ । तर स्वयम महिलाले भने डिएस्पीले कुनै गाली र विभेद नगरेको आफै स्वीकार गरिसकेकी छन् ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार