शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको अति विकट गुम्बागाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन

बाजुराको अति विकट गुम्बागाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन

  • बुधबार, पुस १८, २०८०
बाजुराको अति विकट गुम्बागाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन

बाजुरा —बाजुराको अति विकट गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएकाे छ । हिमाली गाउँपालिकाको गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उदेश्ये गाउँपालिकाले सेवा केन्द्र सञ्चालन गरेको हो ।

स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि चार देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य सेवा लिनु पर्ने बाध्यता थियो । आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनसँगै गुम्बा बासीलाई केही राहत हुने भएको छ ।

हिमाली गाउँपालिकासँग संघिय संरचना पछि २ वटा रुगिन र बिच्छ्या स्वास्थ्य चौकी मात्रै थिए । ६ वर्षको अवधीमा हाल ११ वटा स्वास्थ्य संस्था थपेर १३ वटा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

एकगाउँबाट अर्को गाउँ पुग्नै आधा दिन लाग्ने, भौगोलिक विकटता र सडक बाटो नै नभएकोले गाउँ पिच्छ्य नै स्वास्थ्य संस्था आवश्यक परेको पालिकाले बताएको छ । आधारभुत स्वास्थ्य सेवाका लागि पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउनु परेको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधि लगायत स्वास्थ सामाग्री पठाएर नेपाल कै दुर्गम गाउँ गुम्बामा स्वास्थ संस्था स्थापना सगै हिमालीका सबै गाउँमा स्वास्थ्य सेवा सुरु भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

हिमाली गाउँपालिका २ मा पर्ने गूम्बा गाउँमा सिंगो जनजाति बस्ती मात्रै बसोबास गर्ने गरेको छ । पशुपालन र जडीबुटी खेतीबाटै उनीहरुले जीवन निर्वाह गर्ने गरेका छन् । २५ बढीको परिवार संख्यामा बसोबास रहेको गाउँका केही भेडा सहीत हिउँदमा बेशी झरेपछि बालबालिका र वृद्धवृद्धा गाउँमै बस्ने गरेका छन् ।

हिउँदका चार महिनासम्म अत्याधिक चिसो हुने र हिउँले एक गाउँबाट अर्कोगाउँमा जान समेत समस्या हुनेगरेको छ । आधारभुत सेवा सञ्चालनसँगै महिला बालबालिकाका लागि सहज हुने गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएकी छन् ।

गाउँमा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनसँगै औषधी सहीत स्वास्थ्य कर्मी समेत पठाइएको गाउँपालिकाले बताएको छ । १ जना अनमी, १ जना अहेब र १ जना कार्यालय सहयोगीले काम गर्ने गरि कर्मचारी व्यवस्थापन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार