बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • सामाजिक कार्यमा सक्रिय हुदैं बडिमालिका नगर स्तरिय युवा सञ्जाल

सामाजिक कार्यमा सक्रिय हुदैं बडिमालिका नगर स्तरिय युवा सञ्जाल

  • आइतवार, पुस १५, २०८०
सामाजिक कार्यमा सक्रिय हुदैं बडिमालिका नगर स्तरिय युवा सञ्जाल

लक्ष्मीराज पाध्याय —बडिमालिका नगरपालिका स्तरिय युवा सञ्जाल विभिन्न सामाजिक कार्यमा सक्रिय हुदैं गएको छ । नगरपालिकामा युवा सञ्जाल गठन भएको करिब एक महिना बित्नै लाग्दा युवा सञ्जालको टिम विभिन्न सामाजिक कार्यमा व्यस्त देखिएको छ ।

युवा सञ्जाल विभिन्न निकायको सहयोगमा नगरपालिकामा सरसफाई, सांस्कृतिक तथा विभिन्न सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको र आगामी दिनमा सक्रियताका साथ लाग्ने नगर स्तरिय युवा सञ्जालका अध्यक्ष सन्तोष विकले बताएका छन । युवा सञ्जालले आज पुष पन्ध्रको अवसर पारेर मार्तडी बजार सरसफाई गरेको छ ।

सभ्य समाज निर्माण गर्नु हाम्रो दायित्वः लागौं, जागाै, गरौं स्थायित्व भन्ने मुल नाराका साथ युवा सञ्जालले मार्तडी बजारको सडकमा नगरपालिकाको गाडी लिएर सरसफाईमा जुटेको युवा सञ्जालका सचिव बिरेन्द्र रावलले बताए । आइतबार बडिमालिका नगर स्तरिय युवा सञ्जालको आयोजना र गिफ्ट नेपाल, आइएनफ, बडिमालिका सामुदायिक विकास समाज, सहारा नेपाल र बागेश्वर असल शासन क्लब बास नेपालको समन्वयमा बजार सरसफाई कार्यक्रम गरेको सचिव रावलले बताए । युवा सञ्जालले यस्ता सामाजिक कार्यकाे सुरुवात गरेकाले यसकाे  जनसमुदायमा सबैले अनुशरण गर्नुपर्ने युवा सञ्जालले बताएकाे छ ।

सरसफाई कार्यक्रममा युवा सञ्जालका पदाधिकारी, सहयोगी निकायका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि, किशोरी समुह लगायत ३० बढि युवाको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बडिमालिका नगर स्तरिय युवा सञ्जालले जनाएको छ । त्यसैगरी युवा सञ्जालले बजार सरसफाईसंगै एक औपचारिक रुपमा सचेतनामुलक सांस्कृतिक कार्यक्रम समेत गरेको छ ।

नगर स्तरिय युवा सञ्जालका अध्यक्ष सन्तोष विकको अध्यक्षतामा सुरु भएको सांस्कृतिक कार्यक्रममा प्रमुख अथिति बडिमालिका नगरपालिका ७ का वडा तथा नगर प्रवत्ता अध्यक्ष धर्मराज पाध्याय रहेका थिए । त्यस्तै अथितिमा बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ९ का अध्यक्ष सूर्यकिरण विक, फियान नेपालका केन्द्रीय सचिव मदनराज जैशी, किशोरी समुह लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन युवा सञ्जालका सचिव बिरेन्द्र रावलले गरेका थिए ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार