सुरेशकुमार पाण्डे—गजल:
सरकार किन तिमीलाई घिन लाग्दा इनै सन्तान भए,
गोली ठोक्यो अनि छोरा मार्यो र दुईव़टा चिहान भए।
के अपराध थियो सार्वजनिक गर कानूनि प्रकृयामा,
तिम्रो दृष्टिमा किन मार्नै पर्ने गरिबका खानदान भए।
साम्राज्यवादकै अगाडी घुंडा टेकेका छौं तिमी आफै
भन यो देशमा सधैभरी किन भ्रष्टाचारी सम्मान भए।
के दोश थियो यो देशमा जन्मिएका माग्न कहांजाने,
काम,माम,दाम रक्षा शुरक्षा नदिएरै यो धुनधान भए।
चुनाव लड्दा जनता संग गरेका ति वाचा कबुल पनि,
अध्यान गरौं त आफैले पनि घोषणापत्र उखान भए।
उठ्छन् एकदिन जुर्मुराई जनताको हुंकारले संसर मै,
कति हिटलर जार जस्ता फन्नेखां हरू अफ्सान भए।