• होमपेज
  • समाचार
  • सुदूरपश्चिमका खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा १ जनाको मृत्यु, १४ जना घाइते

सुदूरपश्चिमका खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा १ जनाको मृत्यु, १४ जना घाइते

  • शनिबार, पुस १४, २०८०
सुदूरपश्चिमका खेलाडी सवार बस र ट्रकसँग ठोक्किदा १ जनाको मृत्यु, १४ जना घाइते

सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किदा १४ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीया निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, एलिसा खाती र सिर्जना बिसी पनि घाइते भएका छन् । उनीहरु बुटवलमा उपचार गरेर घर फर्किएका छन् । अन्य घाइते १० जना पनि समान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार