• होमपेज
  • बाजुरा बिशेष
  • सचिव नाथको मृत्युपछि बाजुरा उध्योग बाणिज्य संघद्धारा शोक

सचिव नाथको मृत्युपछि बाजुरा उध्योग बाणिज्य संघद्धारा शोक

  • शुक्रबार, पुस १३, २०८०
सचिव नाथको मृत्युपछि बाजुरा उध्योग बाणिज्य संघद्धारा शोक

बाजुरा– युवा व्यवसायी तथा उध्योग बाणिज्य संघ बाजुराका सचिव देवेन्द्र नाथको मृत्युपछि शोक मनाउन ब्यबासायीहरुलाइ उध्योग बाणिज्य संघ बाजुराले अनुरोध गरेको छ । उध्योग बाणिज्य संघ बाजुराले शुक्रबार दिउसो १ बजेदखी १ दिनका लागि शोक मनाउन ब्यबासायीलाई अनुरोध गरेको हो ।  उध्योग बाणिज्य संघ बाजुराले १३ दिन सम्म कार्यालयमा शाेक पुस्तिका राख्ने १३ दिनकाे पुण्य तिथिमा शाेक सभाकाे आयाेजना गर्ने बताएकाे छ ।
नाथको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटनामा परि नाथको मृत्यु भएको थियो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको जनाएको छ । खप्तड छेडेदह गाउँपालिका ६ घर भएका नाथ आफै चालक र जीप धनी हुन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार