नसोचौँ यही संसार बुझ्न त्यती सजिलो हुन्छ,
मृत्युले पच्छाउँछ आफैलाई बुझ्न ढिलो हुन्छ।
भन्छन् छोरा,छोरी भएनन् त्यसैको छ चिन्ता,
भएकाहरू लाई झन ऊ छातिको पिलो हुन्छ।
नराम्रो बानि व्यहोरा छोड्न धेरै शंघर्ष गरियो,
औलादले पच्छायो कुरिती मन् धमिलो हुन्छ।
दुःख दर्द सहियो र कतिहोकती त्याग गरियो,
आफ्नालाई सम्झिंदा राती सिरानी गिलो हुन्छ।
निद्रा कस्लाई आउँछ यार छ मष्तिकमै चिन्ता,
सम्झिलिँदा आफ्नो मुटुको त्यही किलो हुन्छ।
सबै सहन सकिंदो रहिछ आत्म त्याग गर्नपनि,
तर मनभित्रको घाउ सबैभन्दा अगत्तिलो हुन्छ।