बाजुरा— एनसीसीले आफ्नाे छैटाैँ स्थापना दिवसकाे अवसरमा सदरमुकाम मार्तडीमा रहेकाे बडिमालिका मन्दिर सरसफाई गरेकाे छ । साेमबार बाजुरा स्थित दुर्गाभन्जन गुल्मको सहयाेग तथा एनसिसि क्याडडकाे सक्रियतामा जिल्लामा रहेको एनसीसीकाे छैटाैँ स्थापना दिवसकाे अवसरमा प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको बडिमालिका मन्दिर सरसफाइ गरेकाे हाे ।
एनसीसी तथा दुर्गाभन्जन गुल्मका ५८ जनाबढिकाे सहभागितामा मन्दिर सरसफाई कार्यक्रम गरेकाे दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिहंले बताए । एनसीसी समिति तथा दुर्गाभन्जन गुल्मले विभिन्न समय समयमा सामाजिक कार्य, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे दुर्गाभन्जन गुल्मका गुल्मपति सिंहले बताएका छन ।
यस्तै विभिन्न कार्यक्रमले सैनिक-नागरिकबिचकाे सम्बन्ध प्रगाढ हुनुका साथै स्थानिय बासिन्दाहरु लगायत बाल बालिकाहरुमा एनसीसी तालिम र नेपाली सेना प्रति आकर्षण बढेकाे उनकाे भनाइ छ । कार्यक्रमले सकारात्मक भावनाको विकास, राष्ट्रिय एकताको भावनामा जोड तथा एनसीसीहरुलाई विपद्को समयमा समेत स्वयम सेवकका रुपमा खटाउन सहयाेग पुग्ने दुर्गाभन्जन गुल्मका गुल्मपति सेनानी सिंह बताएका छन ।