सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • अझै खुलेनन बुढिगंगा नगरपालिकाका ग्रामीण सडक

अझै खुलेनन बुढिगंगा नगरपालिकाका ग्रामीण सडक

  • सोमवार, पुस ९, २०८०
अझै खुलेनन बुढिगंगा नगरपालिकाका ग्रामीण सडक

बाजुरा– गत असार महिना देखि बुढिगंगा नगरपालिकामा ग्रामीण सडक अझै खुल्न सकेका छैन । बर्षातको समयमा अवरुद्ध सडक बर्षात सकिएको ४ महिना बढी भईसक्दा पनि नगरपालिकाले सडक खुलाउन चासो नदिएपछि स्थानियलाई आवतजावतमा समस्य भएको छ ।
दशैमा खुल्ला सोचेको खुलेनन तिहारमा खुल्ला सोचेको खुलेन झै कहिले खुल्ने हो थाहा छैन स्थानियले गुनासो गरेका छन् । साँफे मार्तडी सडक खण्डबाट ग्रामणी क्षेत्रमा जोडिएका अधिकाँश सडक नखुल्दा सामान ढुवानी देखी तत्काल उद्धार गर्नु पर्ने विरामीलाई समस्य भएको छ ।
डाव खप्तड, त्रिशक्ति भण्डारगाउ हुदै बदेडा जोड्ने सडक, गैरीकाँध किमगाउँ देउलसैन स्वाथ्य चौकी हुदै त्रिशक्ति वडा कार्यालय जोड्ने सठक भमक बजार सिमल कोट हुदै सारदा मावि जोड्ने सडक लगाएतका थुप्रै ग्रामीण सडक नखुल्न त्यस क्षेत्रका नागरीक समस्यमा परेका स्थानियले बताएका छन् ।
नगरपालिकासंग सडक खुलाउन बराम्वर अनुरोध गर्दा कहिले जेसीवी विग्रीएको छ । कहिले ड्राईभर विदामा गएको छ भन्ने बहाना बनाई रहेको बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष मीनबहादुर सिंहले बताएका छन् ।
उनले भने आईतबार पनि सडक खुलाउन कार्यालय प्रमुखसंग कुरा गरेकाे छु पर्शीसम्म काम सुरु हुन्छ भनेको छ काम सुरु भए मात्र विश्वस हुने काम भयो भन्न सकिने बताएका छन् ।

जेसीवी विग्रीयो भने प्राबिधिक स्टमेटका आधारमा भाडामा डोजर लगेर मर्मत गरौ भन्दा खर्च बढी आउने आफ्नै जेसीवी मर्मत गरेर बनाउने भनेपछि सडक खुलाउन ढिलाई भएको वडा अध्यक्ष सिंहले बताए । नगरपालिकाका दुर्गम बस्तिसम्म नागरिकलाई बढीसम्मस्य झेल्नु परेको स्थानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार