• होमपेज
  • समाचार
  • सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

  • आइतवार, पुस ८, २०८०
सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौं —न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।

आइतबार बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो ।

कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जनाएको छ ।

आइतबारको न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार