शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोगको विषेशज्ञ सेवा सुरु

जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोगको विषेशज्ञ सेवा सुरु

  • शनिबार, पुस ७, २०८०
जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोगको विषेशज्ञ सेवा सुरु

अर्थ जङ्ग शाही,बझाङ —जिल्ला अस्पताल बझाङमा बिशेषज्ञ सहितको सेवा शुरु भएपछि बिरामीहरुलाई उपचारका लागि सहज हुने भएकोे छ।

जिल्ला अस्पताल बझाङमा नाक,कान,घाँटी रोग विषेशज्ञ सेवा पनि सुरु गरीएकोे छ। यो भन्दा पहिला नाक कान घाँटीको नियमित सेवा दिन नसकेको जिल्ला अस्पताल बझाङले अव नियमित सेवा दिने भएको हो ।

नाक कान घाँटी रोग सम्बन्धि सर्जन डा:धिरज बिसँख जिल्ला अस्पताल बझाङमा आए लगत्तै जिल्ला अस्पतालमै बिशेषज्ञ सहितको सेवा पाइने भएपछि बिरामीहरुलाई समेत सहज हुने भएको छ। जिल्ला अस्पतालमा नया आउनु भएका डा:बिसँखलाइ जिल्ला अस्पताल ,स्वास्थ्य कार्यालय बझाङ लगाएतले स्वागत समेत गरेको छ।

जिल्ला अस्पतालमा चार जना बिशेषज्ञ डा बाट सेवा दिइने भएको छ। जसमा हाडजोर्नि सम्बन्धि डा इन्द्र शाह,नाक कान घाँटी रोग सम्बन्धि सर्जन डा:धिरज बिसँखले सेवा दिदै हुनुहुन्छ भने थप स्त्री रोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ डा केहि दिनमा जिल्लामा पुग्ने जिल्ला अस्पताल परीवारले जनाएको छ ।

जिल्लामा नै बिशेषज्ञ डा आएपछि अब हाडजोर्नि,बालरोग ,स्त्री रोग र नाककान घाटी सम्बन्धि समस्या भएका बिरामिहरुले उपचारको लागी जिल्ला बाहिर जाने समस्या हटेर जाने अस्पताल से्रातको दाबी छ। अब जिल्ला अस्पतालमा ४ बिशेषज्ञ डा र डेन्टलसर्जन सहित १० मेडिकल अफिसर को टोलिले सेवा दिने भएको छ भने स्त्री रोग सेवा र बालरोग सेवा पनि जिल्ला अस्पताल बझाङले छिटै सुचारु दिने बताएको छ।

चर्चामा

सम्बन्धित समाचार