सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिनन्दाकी रुपु सनाईको परिवार बिचल्लीमा, खाने गाँस छैन

बुढिनन्दाकी रुपु सनाईको परिवार बिचल्लीमा, खाने गाँस छैन

  • शुक्रबार, पुस ६, २०८०
बुढिनन्दाकी रुपु सनाईको परिवार बिचल्लीमा, खाने गाँस छैन

बाजुरा– बुढिनन्दा नगरपालिका वडा ८ पाण्डुसैनकी रुपु सनाईको ६ जनाको परिवार बिचल्लीमा परेको छ । गाउँमा बस्ने केही आधार नभएका उनको परिवार सदरमुकाम मार्तडीमा बस्दै आएको छ ।
रूपु सनाईको १ छोरा जन्मजात अपांग छन उनको जेठो छोरो जन्मजात आँखा नदेख्ने नातिको उपचार गर्ने भनेर भारत गएको बताइन । रुपु सनाईले रुदै भनिन मेरा नाति नातिनि २ दिन देखि भोकै छन केही सहयोगकाे अपिल गरेकी छन । यस अघि नाती नातिनी जेठो छोरोले पठाउने गरेको थियो अव त नाती नातीनी स्कुल पठाउन पनी समस्या हुने उनले बताइन ।

सदरमुकाममा भाडामा बस्ने दमाईको परिवार केही दिनदेखी खाना नपाएको बडिमालिका नगरपालिका कार्यपालिका सदस्य राजेश विक पायलले बताए । अपाङ्ग छोरो र २ नाति र २ नातिनी पालेर बस्ने गरेका उनको परिवार केही दिनदेखी खाना नपाएर भौतारीरहेको सदस्य विकले बताए ।

उनका नाति नातिनी अपाङ्ग छोरो केही समय गाउँ वरपर मागेर केही छाक चलाएछन, अन्तिममा केही नभएपछि भोकभोकै भौतारीरहेको अवस्थामा २ दिन देखि भोकै बसेको  बडिमालिका खवरलाइ कार्यपालिका सदस्य बिकले भने ।

चर्चामा

सम्बन्धित समाचार