सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • लैंगिक हिंसाका घटना शुन्यमा झार्न बाजुराका २ स्थानिय तहको प्रतिबद्धता

लैंगिक हिंसाका घटना शुन्यमा झार्न बाजुराका २ स्थानिय तहको प्रतिबद्धता

  • सोमवार, पुस २, २०८०
लैंगिक हिंसाका घटना शुन्यमा झार्न बाजुराका २ स्थानिय तहको प्रतिबद्धता

बाजुरा– लैंगिक हिंसा न्युनिकरण र लैगिंक हिंसाका घटना शुन्यमा झार्नका लागि उच्च प्राथमिकता दिन २ स्थानिय तहले प्रतिबद्धता जनाएका छन । लैंगिक बिभेदमा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको ब्यबस्थापन समिति बैठकबाट बडिमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाले प्रतिबद्धता जनाएका हुन ।

सदरमुकाम मार्तडीमा आयोजित दुबै स्थानिय तहको सयुक्त बैठकले आ-आफ्नो पालिकामा हुने हिंसाका घटनाहरु न्युनिकरण तथा रोकथामका लागि आबस्यक बजेटको समेत ब्यबस्थापन गरि अगाडी बढ्ने निणर्य समेत गरेका छन । हिँसाका घटनाहरु हुनै नदिन र भएका घटनाहरुमा प्रभावितहरुको अधिकार सुनिश्चित गर्नमा सक्रिय हुन स्थानिय तहले जिम्मेवार बन्ने कुरामा नचुक्ने निणर्य समेत गरिएको बडिमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्काले बताए ।

दुबै स्थानिय तहले लैंगिक हिँसा रोकथाम तथा प्रतिकार्यका लागि संस्थागत भएर अघि बढ्न दुबै स्थानिय तह लाग्ने प्रतिबद्धता जनाएको बैठकका उपस्थित बुढिगंगा नगरपालिकाका नगर उप प्रमुख माया कुवँर खड्काले बताएकी छन । जिल्ला समन्वय समिति मार्फत अन्य स्थानिय तहहरुसग पनि हातेमालो गर्दै अगाडी बढ्ने निणर्य भएको उनले बताएकी छन ।

No description available.

स्थानीय सरकारहरुले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष स्वीस सरकार विकास सहयोग,आइपास नेपाल र शाही नर्वेली दुतावाससंगको आर्थिक-प्राविधिक साझेदारीमा लैगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजनाले सहजीकरण गर्दै आएको र यो परियोजनाको निरन्तरताका लागि जिल्ला समन्वय समितिले गर्नुपर्ने कार्यमा प्रतिबद्ध रहेको जिल्ला समन्वय समिति बाजुराका कार्यबाहक प्रमुख हिक्मत थापाले बताएका छन । लैगिक हिँसा रोकथाम, प्रभावित केन्द्रित गुणस्तरीय प्रतिकार्य सेवाहरु प्रवाह गर्न साझा सहमतीका साथ स्थानिय तहहरुसंग छलफल गरेर अगाडी बढ्न जिल्ला समन्वय समिति प्रतिबद्ध भएर अगाडी बढ्ने उनले बताए ।

No description available.

बहुपक्षिय सेवा प्रदायकहरुको संस्थागत क्षमता अभिबृद्दीका कार्यक्रमहरुका साथै हिँसा सम्बोधन र लैंगिक सशक्तिकरणमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरि कार्यन्वयन गर्दै अगाडी बढेका छन् । आयोजना गरेको छलफल कार्यक्रमबाट अल्पकालीन महिला सुरक्षित आवासगृह तथा एकद्वार संकट व्यवस्थापन केन्द्र संचालनका लागि जिल्लाका सबै पालिकाहरुले आर्थिक सहयोग गर्न जिल्ला समन्वय समितिले सहजीकरण गर्न अनुरोध गर्ने निणर्य समेत गरेका छन । साथै आर्थिक-सामाजिक पुनस्थापना समेतमा जोड दिने निणर्य गरेका छन ।

अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन निर्देशिका, २०७७ तयार गरि कार्यान्वयन गरिरहेको जनाएको छ । जिल्ला अस्पताल बाजुरामा पनि वि.सं. २०७५ देखि एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा रहेको जनाएको छ । परियोजना संगको साझेदारीमा जिल्लाका बडिमालिका तथा बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविकाहरु र सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको प्रभावित मैत्री सेवा प्रवाहमा क्षमता अभिबृद्दी गरि समुदायस्तरमा परिचालन गरिएकोले एकद्वार संकट व्यवस्थापन केन्द्रबाट सेवा प्रबाह भएको एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रतिनधीले बताएकी छन ।

हिँसा प्रभावितहरुले बिभिन्न सेवाहरु लिने क्रममा एक सेवा केन्द्र देखि अर्को सेवा केन्द्रसम्म जाँदा पटक-पटक हिंसाको घटना दोहोर्याएर हुनसक्ने पिडालाई दृष्ठिगत गरि लैंगिक हिंसा क्लिनिकल प्रोटोकल २०२१ तथा एकद्वार संकट व्यवस्थापन केन्द्र निर्देशिका २०७७ ले व्यवस्था गरेको प्रेषण पुर्जाको अभ्यासको पनि थालिएको उनले बताएकी छन ।

२०७३ सालमा स्थापना भएर हाल सम्म अल्पकालीन महिला सुरक्षित आवास गृह संचालन हुँदै आइरहेको र सो चलाउन आर्थिक संकट आएकोले यसमा जिल्लाका सबै स्थानिय तहले सहयोग गर्नुपर्ने बैठकका सहभागीहरुले बताएका छन । बिगतमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष स्वीस सरकार विकास सहयोग र शाही नर्वेली दुतावाससंगको सहयोगमा संचालन गर्दै आएको थियो । सामाजिक विकास कार्यालय लगायत निकायहरुको सहयोगमा महिला अधिकार मंचद्वारा संचालित जिल्लाको एकमात्र सुरक्षित आवास गृहको दिर्घकालिनतालाई सुनिश्चित गर्न पाँचौ जिल्ला सभामा जिल्लाका सबै स्थानीय तहहरुले बजेट बिनियोजन तथा परिचालन गर्ने सर्वसम्मत निणर्य गरेको भए पनि केही स्थानिय तहले सहयोग नगरेको बैठकमा समिक्षा समेत भएको थियो ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको बैठकका प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यबाहक समन्वय प्रमुख हिक्मत थापा रहेका थिए । बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाल संचालन गरेको कार्यक्रममा बुढिगंगा नगरपालिका नगर उप प्रमुख माया कुवर, बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा दुबै नगरपालिकाका वडाअध्यक्ष तथा सदस्यहरु शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

बडिमालिका नगरपालिकाको हलमा संचालन भएको कार्यक्रमको स्वागत बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाले गरेकी थिईन । त्यसै गरी परियोजनाले यस अघि संचालन गरेका कार्यक्रमहरुको बारेमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका बाजुरा प्रतिनिधी आत्मराम न्यौपाने, आइपासका जिल्ला प्रतिनिधी रमेश थापा र पिसवीन बाजुराका प्रतिनिधी खडकराज जोशीले जानकारी गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार