आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको हिमालीका नागरिकलाई एक सयको नुन लिन दुई हजार बढि खर्च

बाजुराको हिमालीका नागरिकलाई एक सयको नुन लिन दुई हजार बढि खर्च

  • सोमवार, पुस २, २०८०
बाजुराको हिमालीका नागरिकलाई एक सयको नुन लिन दुई हजार बढि खर्च

टेक बहादुर बुढा, बाजुरा —बाजुराको हिमाली गाउँपालिकाकाको बिच्छ्याका नागरिकहरुलाई एक सयको नुन लिनका लागि दुई हजार रुपैयाँबढि खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाको वडा नंः १, २ र ३ का नागरिकलाई एक सयको नुन लिनका लागि दुई हजारबढि खर्च गरेर बल्ल एक सयको नुन घरमा पुगाउनु पर्ने अवस्था छ । आइतबार जिल्ला प्रशासन बाजुरामा अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको मानव अधिकार बर्ष पुस्तक २०२४ को पुर्व समिक्षा कार्यक्रमको प्रतिबेदन अनुसार बाजुराको दुर्गम गाउँ बिच्छ्या लगायतका ठाउँमा एक सयको नुनका लागि दुई हजार बढि रुपैयाँ खर्च गनुपर्ने उल्लेख गरिएको छ ।

गाउँमा नुन नहुँदा धुलाचौर जान सहज यातायातको पहँच नहुने तथा मनोमानी रुपमा भाडा असुल्ने प्रवृति लगायतका कारणले एक सयको नुनका लागि हजारौ रुर्पैयाँ खर्च गनुपर्ने बाध्यता रहेको त्याहाका स्थानियहरु बताउँछन।

गाउँमा नुन नपाइने हुँदा दुई तिन दिन हिडेर गाउँपालिकाको केन्द्र धुलाचौर पुगेर नुन लिनु पर्ने बाध्यता हुँदा बिच बाटोमा बस्दा खाँदा दुई हजारबढि रुपैयाँ खर्च हुने गरेको स्थानियहरुले दुखेसो गरेका छन । बिच्छ्या लगायतका दुर्गम गाउँका नागरिकले खाद्यान्न, नुन तेल लगायतका सामानहरुका लागि हजारौ रुपैया खर्च तथा दुई तिन दिन लगाएर उपभाेग गनुपर्ने पिडादायी दुख हुँदासमेत राज्यको ध्यान नगएको इन्सेकको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै बाजुरामा विभिन्न समयमा साना ठुला भुकम्पका कारण विस्थापित परिवारहरु घरबार बिहिन भएर खुल्ला आकाश मुनि बस्न बाध्य हुँदा समेत राज्यको ध्यान दिन नसकेको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार