बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • सिकाइ संस्कार प्रवर्द्धन गर्न बुढिगां नगर स्तरिय शैक्षिक सिकाई मेला

सिकाइ संस्कार प्रवर्द्धन गर्न बुढिगां नगर स्तरिय शैक्षिक सिकाई मेला

  • शुक्रबार, मंसिर २९, २०८०
सिकाइ संस्कार प्रवर्द्धन गर्न बुढिगां नगर स्तरिय शैक्षिक सिकाई मेला

बाजुरा– शैक्षिक गुणस्तरलाई सुधार गर्न बुढिगंगा नगरपालिकामा शैक्षिक मेला सम्पन्न भएको पिसविन नेपालको आयोजनामा बुढिगंगा नगरपालिका र गुड नेर्भस इन्टरनेशन्लको आर्थिक सहयोगमा शैक्षिक मेला सम्पन्न भएको हो।
सिकाइ निरन्तर अभियानअन्तर्गत शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि विद्यार्थीहरूलाई भौतिक ज्ञान बढाउने र अभिभावक विद्यार्थीहरूमा आआफ्नो जिम्मेवारीको बोध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको पिसवीन बाजुराका टेक बहादुर थापाले जनाएको छ ।
उक्त मेलामा शैक्षिक सामग्रीहरूको प्रस्तुति, घरमा अभिभावकको जिम्मेवारी, पढ्ने पढाउने तरिका, मनोरञ्जनात्मक नाटक एवं नृत्य लगायतका सामग्रीहरूको प्रदर्शनी गरिएको बुढिगंगा नगरपालिकाले जनाएको छ ।
भानोदय माबिका बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष हिक्मत बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिति बुढीगंगा नगरपालिका नगर उप प्रमुख माया कुवर खड्का हुन । भानोदय माध्यामिक बिध्यालयकाे प्राङगणमा आयोजित सिकाइ मेला कार्यक्राको संचालन शिक्षक देवराज जोशीले गरेका थिए । कार्यक्रममा बिभिन्न बिध्यालयको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार