सुरेशकुमार पाण्डे —गजल:
बा भन्थे तिमी बुढेसकालको लाठी खास हुनुपर्छ,
देशकै लागि असल कर्णधार अनि निकास हुनुपर्छ।
आमाले सरवणकुमारकै कथा सुनाउँथिन सधैभरी,
छोरा!बुढेसकालमा तिमीले सधै हाम्रै पास हुनुपर्छ।
गलती गरेछन् उस्लाई पढाए पछि बारी बाँजै भयो,
उस्ले भन्छ आमा अब हाम्रो सहरको बास हुनुपर्छ।
म सँग डिग्रि छ पढाइको हलो जोत्न लाज लाग्यो,
म बिदेश जान्छु अनि अब मालिककै दास हुनुपर्छ।
बेचौँ सबै खेत बारी अब काम छैन यो गाउँ ठाउँमा,
हामि नि पढे लेखेका व्याक्ती सबै एकैनास हुनुपर्छ।
बिक्रि गय्रो ऊ बिदेश गयो बा आमा घर बिहिनभए,
रातो बाकस बुझाउँदै भन्छन् छोराकै लास हुनुपर्छ।