बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ

अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ

  • बुधबार, मंसिर २७, २०८०
अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ

जवाफ देही त सधै हाम्रै सरकार हुनुपर्छ,
उसैको लाप्रवाहीले देश कर्जदार हुनुपर्छ।

विकासका मुद्धामा मैत्रिपूर्ण छफल गरौँ,
किन सडक र सदनमा मारामार हुनुपर्छ।

प्रचार गर्छ पसुपतिनाथ उत्तराखण्डभित्र,
निशानामै काठमाण्डौको दरबार हुनुपर्छ।

धिकार छ नेता देशका हौ की बिदेशका,
तिमीहरूले गर्दा नै देश नाङ्गेझार हुनुपर्छ।

वेइमान धेरै देशका गद्धार भएर बाँचेका,
अब तिम्रै आवरणभित्र चिरफार हुनुपर्छ।

नागरिक सबैलाई बलिका मेडा नसम्झौँ,
हाम्रै काँदमाथि देशको कार्यभार हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार