• होमपेज
  • समाचार
  • संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

  • सोमवार, मंसिर २५, २०८०
संसद सचिवालय महासचिव भरत गौतमले दिए राजीनामा, पदम पाण्डेको नाम सिफारिस

संघीय संसद सचिवालयका महासचिव भरत गौतमले पदबाट राजीनामा दिएका छन्।

आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको स्रोतले जानकारी दिएको छ।

उनको कार्यकाल सकिन आठ महिना बाँकी थियो। गौतमले राजीनामा दिनुको कारण खुलिसकेको छैन।

उनको राजीनामा आएसँगै सोमबार बिहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए।

उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार