• होमपेज
  • कला /साहित्य
  • देशमा मरेपछि स्वर्ग जानेहरू

देशमा मरेपछि स्वर्ग जानेहरू

  • आइतवार, मंसिर २४, २०८०
देशमा मरेपछि स्वर्ग जानेहरू

पानीको खानि छ भन्छन् नेपालमा संसार भरी,
बञ्जर जमिन बिदेशी व्यापार हुन्छ बजार भरी।

आयात मात्र हुन्छन् निर्यात युवा र कांचो पदार्थ,
आउँनलाई आउँछ साम्राज्यवादकै औजार भरी।

यो देशमा मरेपछि स्वर्ग जानेहरू लामबद्ध छन्,
त्यसैले त कुरितीकै व़कालतहुन्छ अखबार भरी।

उस्ले छोरालाई डिग्रि दिलाउँन नै मृगौला बेच्यो,
निजीकरणले झन रित्तायो देशभित्र रोगार भरी।

भन्छ अब एउटै बाटो छ अन्तिम खाडि पठाउँछु,
अब आफु बस्ने घरबार बेच्छु र तिर्छु उधार भरी।

के चाहिन्छ मर्दा दिन चार जना मलामि र कात्रो,
बाँचुञ्जेल टुङ्गो लगाउँला आफ्नो व्यबहार भरी।

चर्चामा

सम्बन्धित समाचार