• होमपेज
  • समाचार
  • गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

  • शनिबार, मंसिर २३, २०८०
गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं —पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् ।

गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् ।

पूर्वराष्ट्रपतिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेकी उनको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार