• होमपेज
  • कला /साहित्य
  • सुन तस्कर ,एनसेल घोटाला मात्र

सुन तस्कर ,एनसेल घोटाला मात्र

  • शनिबार, मंसिर २३, २०८०
सुन तस्कर ,एनसेल घोटाला मात्र

किन बुझ्दैनौँ फलाम काट्नेपनि हतियार चाहिन्छ,
जस्तै दुश्मन्को गर्धन काट्नलाई तरवार चाहिन्छ।

यो सत्ताले मात्र भएर त कहाँ पुग्छ नेताहरू लाई,
सत्तामा बसिराख्न देशी बिदेशी बफादार चाहिन्छ।

भन्छन् जम्मा पाँच हजार मारें तिम्रो रिसले पुग्यो,
स्याबास संसार भरी देशमा यस्तै सरकार चाहिन्छ।

गरिब छलकपट गर्न सक्दैन बाँचेर केकाम बिचरा,
देशमा रोजगार छैन बाँच्नेपनि त आधार चाहिन्छ।

नागरिकहरूलाई काम भएन भन्छौ तिमी आफैले,
हामिले केखाने नेतालाई पनि त रोजगार चाहिन्छ।

ककसले दिन्छौ भन त भोट हामिलाई झुट नबोली,
यो त पोलेसि हो जित्नलाई पनि औजार चाहिन्छ।

सुन तस्कर ,एनसेल घोटाला मात्र कहाँ गर्यौँ हामी,
कयौँ घोटाला भए लेख्न सक्ने अखबार चाहिन्छ।

चर्चामा

सम्बन्धित समाचार